प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०७८
नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-२९

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालीस किलो जंगल स्थित पूर्व-पश्चिमराजमार्गमा प्रहरीको RSCC टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु७५प ५८४५ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने वर्ष २२ को बिकेश तेली र मो.सा. पछाडि सवार ऐ.पालिनन्दन गाउँपालिका १ बस्ने वर्ष १९ को करन कुर्मीको साथबाट नाईट्रोभेट ३०० ट्याप्लेट लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । साथै माथि उल्लेखित परिमाणका लागूऔषध लिनको लागि आएको जि.न.प.(पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २७ को विशाल न्यौपानेलाई ऐ.कावासोती न.पा.११ लोकाहा पुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१०-२५

जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जा भोटेक्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग६प ८८०२ नं.को मो.सा. र ग१ज ५०५६ नं.को बलेरो जिप दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको साथै मो.सा.मा सवार निम्न व्यक्तिहरु घाइते भई उपचारको लागि निम्न अस्पताल पठाएको बलेरो जिप, जिप चालक र मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१. मो.सा.चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० धान्द्रुक घर भई हाल पोखरा म.ना.पा.५ प्रस्याङ धारापानी मार्ग बस्ने वर्ष २६ को दिपक नेपाली, अवस्था सिरियास (मणिपाल अस्पताल) उपचारको क्रममा मृत्यु ।२.पछाडी सवार जिल्ला गुल्मी घर भई हाल पोखरा म.न.पा.१ बगर बस्ने वर्ष २२ को सुनिल नेपाली, अवस्था सिरियास (फिस्टेल अस्पताल) उपाचारमा हुँदै ।

कास्की: सवारी दुर्घटना
२०७८-१०-२४

जिल्ला कास्की पोखरा महानगरपालिका १४ वि.पि. मार्ग स्थितमा ग३प ७९७१ नं.को मो.सा. र ग११प २०३० नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा दुबै मो.सा. मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.ग३प ६९६१ नं.को मो.सा.चालक जिल्ला रौतहट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ वि.पी. मार्ग बस्ने वर्ष २८ को रुपेश वैठा, अवस्था मध्यम, मणिपाल शिक्षण अस्पताल रिफर, उपचारमा निजको भिनाजु पोनालाल बैठा संलग्न ।२.ग११प २०३० नं. को मो.सा. चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २३ को नारायण गुरुङ,अवस्था सामान्य ।३.ऐ. मो.सा.मा पछाडी सवार निजको श्रीमती वर्ष २३ की रितु गुरुङ, अवस्था सामान्य, उपचारमा निजको दाजु देव बहादुर गुरुङ संलग्न ।

कास्की: सवारी दुर्घटना
२०७८-१०-२२

जिल्ला कास्की पोखरा महानगरपालिका १७ शहरी स्वास्थ्य केन्द्र फिस्टेल एकेडेमी बिरौटा नजिकै महतगौडाबाट पोखरा तर्फ आउदै गरेको ग१७प १२९९ नं.को मो.सा. र बिपरित दिशा तर्फ जादै गरेको ग१२प ४०२९ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१.ग१७प १२९९ नं.को मो.सा. चालक जिल्ला मुस्ताङ थासाङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ महतगौडा बस्ने वर्ष २४ को सैलेश शेरचन, अवस्था सामान्य ।२.ग१२प ४०२९ नं.को मो.सा. चालक जिल्ला चितवन माडी घर भई हाल जिल्ला कास्की पोखरा ९ न्युरोड बस्ने वर्ष ३२ को उमेश चौधरी, अवस्था बोल्न नसक्ने सिरियस ।३.सोही मो.सा.पछाडी सवार जिल्ला बारा कलैया बेलटारी घर भई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष २२ को चन्द्रिका बैठ, अवस्था सामान्य ।

तनहुँ: सवारी दुर्घटना
२०७८-१०-१८

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुबै बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको, दुबै बस घटना स्थलमा रहेको ना ५ ख ४९४१ नं.को बस चालक नियन्त्रणमा रहेको ना ५ ख ८८३३ न.को चालक फरार खो.त.कार्य भइरहेको ।निम्न१.जिल्ला तनहुँ व्यास न.पा.९ बाइसजागर बस्ने वर्ष २७ को नविन श्रेष्ठ, अवस्था गम्भिर२.जिल्ला गोरखा धुँवाकोट बस्ने वर्ष ३० की हिरा खड्का, अवस्था मध्यम३.जिल्ला तनहुँ भानु न.पा.९ बस्ने वर्ष २१को अर्विन शाही, अवस्था मध्यम४.जिल्ला तनहुँ बाइसजाँगर बस्ने वर्ष ५९ की मिना श्रेष्ठ, अवस्था मध्यम५.जिल्ला गोरखा पालुङटार न.पा.५ बस्ने वर्ष ३५ की हर्षिका तामाङ, अवस्था मध्यम६.ऐ.बस्ने वर्ष ५२ की फुलमाया तामाङ, अवस्था मध्यम७.जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ बस्ने वर्ष २७ की निर्मला सुनार, अवस्था सामान्य८.ऐ.बस्ने वर्ष २३ को प्रदीप सुनार, अवस्था सामान्य९.जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने वर्ष ४८ की सानुमाया गुरुङ, अवस्था मध्यम१०.जिल्ला गोरखा बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा, अवस्था सामान्य ।

तनहुँ: लागूऔषध, हातहतियार सहित मानिस नियन्त्रण
२०७८-१०-१३

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाडा स्थित ऐ. बस्ने कर्ण बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष २६ को निनु कुमार श्रेष्ठले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई निजको कोठा खनतलासी गर्ने क्रममा निम्न अनुसारको खाली म्याग्जिन सहितको हतियार र लागूऔषध फेला पारेको, उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्नः-१.डाईजेपाम १३३ एम्पुल ,नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल ।२.नाईट्रोभेट ट्याबलेट १९२ चक्की ।३.spasmo-proxyvon plus ५४ चक्की । ४.इटलीयन Auto pistol 7.05mm- थान १,(ऐ.पेस्तोलको म्याग्जीन सहितको) ।

अधिक लोड >>
कम देखाउनुहोस् <<